परराष्ट्रमन्त्री नारायण खड्का उदयपुर–१ बाट निर्वाचित
काठमाडौं । उदयपुर–१ बाट प्रतिनिधिसभा सदस्यमा परराष्ट्रमन्त्री नारायण खड्का निर्वाचित भएका छन् । एमालेकी मन्जुकुमारी चौधरीलाई २ हजार ३८९ मतान्तरले पराजित गर्दै सत्ता गठबन्धन दलका साझा उम्मेदवार खड्का निर्वाचित भएका हुन् ।
खड्काले ३१ हजार २७० मत प्राप्त गर्दा चौधरीले २८ हजार ८९१ मत प्राप्त गरेकी छिन् । खड्का यसअघि २०६४, ०७० र ०७४ मा उदयपुर १ बाट निर्वाचित भएका थिए । यससँगै उनी प्रतिनिधि सभा सदस्यमा चौथो पटक निर्वाचित भएका हुन् ।
