यस्तो रहने छ आजको मौसम

तु खबर संवाददाता
२०७९ मंसिर १४, बुधबार ०७:५१
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । आज बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरुमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ भने राती प्रदेश १ का केही तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदली रहनेछ ।