प्रदेश सभाको समानुपातिकतर्फ ६ प्रदेशमा एमाले र १ प्रदेशमा कांग्रेस अगाडि

तु खबर संवाददाता
२०७९ मंसिर १३, मंगलवार १६:२९

काठमाडौं । प्रदेश सभाको समानुपातिकतर्फको मतगणना अन्तरगत ६ वटा प्रदेशमा नेकपा एमाले अगाडि देखिएको छ । निर्वाचन आयोगका अनुसार प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एमाले प्रदेश सभाको समानुपातिकतर्फ अगाडि देखिएको छ ।

मधेस प्रदेशमा भने नेपाली कांग्रेस अगाडि देखिएको निर्वाचन आयोगले जनाएको छ । पछिल्लो मतपरिणाम अनुसार, प्रदेश नं १ मा १७ लाख १५ हजार ५०७, मधेसमा १८ लाख ४१ हजार ४६१, बागमतीमा १६ लाख ८२ हजार ४४४, गण्डकीमा ९ लाख १८ हजार ८३९, लुम्बिनीमा १८ लाख ८७ हजार ७८, कर्णालीमा ५ लाख ७७ हजार ८२९ र सुदूरपश्चिम प्रदेशमा ७ लाख ७८ हजार ३०४ मत गणना सम्पन्न भएको छ ।

प्रदेश नं. १ मा प्राप्त मत
प्रदेश नं. १ मा एमालेले ५ लाख ९९ हजार ९ सय ५९, कांग्रेसले ५ लाख ३ हजार १६३, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ८२ हजार ९०९ र नेकपा (माओवादी केन्द्र) ले १ लाख ६८ हजार ७३४ मत ल्याएको छ ।

मधेश प्रदेशमा प्राप्त मत
मधेस प्रदेशमा कांग्रेसले सबैभन्दा बढी ३ लाख ५७ हजार ९२२, एमालेले ३ लाख २१ हजार २१०, जनमत पार्टीले २ लाख ६६ हजार ८३२, जनता समाजवादी पार्टीले २ लाख ६२ हजार ७४४ र माओवादी केन्द्रले १ लाख ६७ हजार ६७ मत प्राप्त गरेको छ ।

बागमती प्रदेशमा प्राप्त मत
बागमती प्रदेशमा एमालेले ५ लाख २ हजार ९२३, कांग्रेसले ४ लाख २७ हजार २३९, राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ५७ हजार ८५७ र माओवादी केन्द्रले २ लाख ३६ हजार ५५९ मत प्राप्त गरेको छ ।

गण्डकी प्रदेशमा प्राप्त मत
गण्डकी प्रदेशमा एमालेले तीन लाख ४० हजार पाँच सय ३३, कांग्रेसले तीन लाख १७ हजार ५९६ र माओवादी केन्द्रले एक लाख १५ हजार ३६६ मत पाएको छ ।

लुम्बिनी प्रदेशमा प्राप्त मत
लुम्बिनी प्रदेशमा एमालेले ५ लाख ७० हजार नौ सय २१, कांग्रेसले ४ लाख ९९ हजार ९८६, माओवादी केन्द्रले १लाख ९८ हजार ४५०, राप्रपाले १ लाख २७ हजार ४५२ र नागरिक उन्मुक्ति पार्टीले एक लाख २५ हजार ५२१ मत प्राप्त गरेको छ ।

कर्णाली प्रदेशमा प्राप्त मत
कर्णाली प्रदेशमा एमालेले एक लाख ८३ हजार ९५०, कांग्रेसले एक लाख ७० हजार ७५६, माओवादी केन्द्रले एक लाख ३७ हजार ६३९ तथा सुदूरपश्चिम प्रदेशमा एमालेले दुई लाख ३३ हजार ५२०, कांग्रेसले दुई लाख २६ हजार १७० र माओवादी केन्द्रले एक लाख १३ हजार ८६३ मत मत प्राप्त गरेको छ ।