धनुषा ४ मा एमालेका रघुवीर महासेठ विजयी

तु खबर संवाददाता
२०७९ मंसिर १३, मंगलवार ०९:३४

जनकपुरधाम । धनुषा क्षेत्र नं. ४ मा नेकपा एमालेका रघुवीर महासेठ विजयी भएका छन् । नेपाली कांग्रेसका महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गर्दै महासेठ विजयी भएका हुन् ।

महासेठले ३२ हजार २३६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी यादवले ३२ हजार ११२ मत प्राप्त गरे । विजयी भएका महासेठ एमालेका सचिव हुन् भने यादव कांग्रेसका सहमहामन्त्री हुन् ।

यसअघि २०७४ को निर्वाचनमा पनि महासेठले यादवलाई २ हजार ५४१ मतान्तरले पराजित गरेका थिए । महासेठले २२ हजार ५३२ मत प्राप्त गर्दा यादवले १९ हजार ९९१ मत प्राप्त गरेका थिए ।