सुनसरी–३ मा गच्छदारलाई पछि पार्दै चौधरीको अग्रता कायमै
सुनसरी । प्रतिनिधि सभा सदस्यतर्फ सुनसरी क्षेत्र नम्वर ३ मा नेकपा एमालेको अग्रता कायम छ । एमालेकी भगवती चौधरीले नेपाली कांग्रेसका उम्मेदवार विजय कुमार गच्छदारलाई पछि पार्दै अग्रता कायमै रखेकी हुन् ।
पछिल्लो मतपरिणाम अनुसार, चौधरीको पक्षमा ३२ हजार ४१७ मत खसेको छ भने दोस्रो स्थानमा रहेका गच्छदारले २७ हजार ६५६ मत पाएका छन् । चौधरीभन्दा गच्छादार ४ हजार ७६१ मत अन्तरले पछि परेका छन् ।
यस्तै, तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार कमल बाबु मैनालीले ६ हजार १५६ मत प्राप्त गरेका छन् ।
