हेटौंडा अस्पतालमा कर्मचारी माग

तु खबर संवाददाता
२०७९ मंसिर १२, सोमबार १७:५५

मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालमा कर्मचारी माग गरिएको छ । अस्पतालले आइतबार एक सूचना जारी विभिन्न ७ पदमा १३ जना कर्मचारी माग गरेको हो ।

सूचना अनुसार, कन्सल्टेण्ट सर्जन ४ जना, कन्सल्टेण्ट एनेस्थेसियोलोजिस्ट, मेडिकल अफिसर र कन्सल्टेण्ट जेनेरल फिजिसियन २/२ जना माग गरेको छ । त्यस्तै, कन्सल्टेण्ट रेडियोलोजिस्ट, कन्सल्टेण्ट डर्मालोजिस्ट र अर्थेपेडिक सर्जन १/१ जना माग गरेको छ ।

नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा उर्तिण गरेको र एन.एम.सी प्राप्त भएको हुनुपर्ने सुचनामा उल्लेख गरिएको छ । परीक्षाको किसिम लिखित र अन्तरवार्ता हुनेछ । सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।