उदयपुर–१ मा स्थगित मतगणना पुनः सुचारु गर्न आयोगको निर्देशन
काठमाडौं । निर्वाचन आयोगले उदयपुर क्षेत्र नम्वर १ मा स्थगित भएको मतगणना पुनः सुचारु गर्न निर्देशन दिएको छ । सोमबार आयोगले उदयपुरका मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई पत्र लेख्दै यसअघि मतगणना पूर्व भएको सहमती अनुसार, मतगणना गर्न निर्देशन दिएको हो ।
आयोगका उप–सचिव ऋषिराम अर्यालले एक पत्र जारी गर्दै सो निर्देशन दिएका हो । आयोगले दोहोरो मतदान भएकोमा मंसिर ४ गते को आयोगको पत्र बमोजिम मतगणनालाई निरन्तरता दिनसमेत भनेको छ । प्रतिनिधि सभाको मतगणनाका क्रममा प्रदेश सभाको मतपत्र भेटिएपछि विवाद हुँदा आइतबारबाट गणना स्थगित भएको थियो ।
उदयपुर क्षेत्र नं.१ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका डा.नारायण खड्का र नेकपा एमालेबाट मन्जुकुमारी चौधरी प्रतिस्पर्धामा छन् ।
