यस्तो रहने छ आजको मौसम

तु खबर संवाददाता
२०७९ मंसिर ११, आईतवार ०८:१३
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मुलुकमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । महाशाखाका अनुसार, प्रदेश १ र बागमतीका थोरै भू–भागमा आंशिक बदली रहेको छ भने अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज प्रदेश १ र बागमतीका पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदली रहने आकलन गरिएको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै, सोमबार प्रदेश १ र बागमतीका पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदलीको सम्भावना रहनुका साथै बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।