समानुपातिक तर्फ एमालेको अग्रता कायमै, कांग्रेस दोस्रो
काठमाडौं । नेकपा एमालेले समानुपातिक तर्फ २० लाख मत कटाएर अग्रता कायमै राखेको छ । शनिबार दिउँसोसम्म एमालेको मत २० लाख ६ हजार ५८७ पुगेको छ ।
यस्तै, नेपाली कांग्रेसको १९ लाख ३९ हजार १०४ मतसहित दोस्रो स्थानमा, नेकपा माओवादी केन्द्रको ८ लाख ६२ हजार ६६९, राष्ट्रिय स्वतन्त्र पार्टीको ८ लाख ३३ हजार ५९५, राष्ट्रिय प्रजातन्त्र पार्टीको ४ लाख ४१ हजार ९६९ मत आएको छ ।
त्यस्तै, जनता समाजवादी पार्टीले २ लाख ३८ हजार ८८७ र नेकपा एकीकृत समाजवादीले १ लाख ८६ हजार १०८ मत प्राप्त गरेका छन् ।
