आजको मौसम सामान्यतः सफा रहने

तु खबर संवाददाता
२०७९ मंसिर १०, शनिबार ०९:०५
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । अहिले बिहान देशका सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भु–भागका केही स्थानमा हुस्सु लागेको र बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहेको छ ।

आज देशका हिमाली भू–भागमा आंशिक बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यतः सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा र सुदूरपश्चिम प्रदेशका थोरै भू–भागमा आंशिक बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यतः सफा रहनेछ ।

यस्तै, तराई भू–भागमा कुहिरो लाग्ने र तापक्रम क्रमिक रुपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले सबैलाई अनुरोध गरेको छ ।