दुर्घटनामा परेर दुई जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ मंसिर ९, शुक्रबार ०७:५७

सर्लाही । सर्लाहीको इश्वरपुर नगरपालिका–१२ स्थित बाँके जङ्गलमा बिहीबार साँझ दुई मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश नम्वर २–०२–००३ प ९१७८ नम्वरको मोटरसाइकल विपरीत दिसाबाट आउँदै गरेको स ९ प १५९१ नम्वरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा पर्साको मिर्जापुरका ३८ वर्षीय प्रहरी हवल्दार बाबुलालप्रसाद साह र पर्साकै पकहा मैनापुर–१ का २७ वर्षीय रामलोचनकुमार पटेल रहेका छन् । दुबैको शव प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको जनाइएको छ ।

उनीहरु प्रदेश २–०२–००३ प ९१७८ नम्बरको मोटरसाइकलका चालक र त्यसमा सवार रहेका प्रहरीले जनाएको छ ।

यस्तै, उक्त दुर्घटनामा परेर सिरहाको करजनहा नगरपालका–११ का ५० वर्षीय चन्देश्वर महतो र उनकी श्रीमती ४५ वर्षीय जयन्तीदेवी महतो घाइते भएका छन् । घाइते दुबैको लालबन्दी नगरपालिकाको नवलपुर स्थित सत्यम अस्पतालमा उपचार भइरहेको छ ।