समानुपातिकमा एमालेको अग्रता कायमै, कटायो ९ लाख मत

तु खबर संवाददाता
२०७९ मंसिर ९, शुक्रबार ०७:४१
file-photo

काठमाडौं । समानुपातिक निर्वाचनको मतगणनामा नेकपा एमालेले अग्रता कायम राखेको छ । पछिल्लो मत परिणाम अनुसार, एमाले ९ लाख मत कटाएको छ ।

एमालेले ९ लाख ११ हजार २९० मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ८ लाख ७६ हजार ४८१ मत प्राप्त गरेको छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी ४ लाख ३९ हजार ५३८ मतसहित तेस्रो स्थानमा, नेकपा माओवादी केन्द्र ४ लाख ८ हजार १०२ मतसहित चौथो स्थानमा रहेका छन् ।

यसैगरी, राप्रपाले २ लाख ३७ हजार ५२४ मत, जसपा नेपालले १ लाख १५ हजार ६५२ मत, जनमत पार्टीले ६९ हजार ४९५ मत, नेकपा (एकीकृत समाजवादी) ले ६३ हजार १५९ मत, नागरिक उन्मुक्ति पार्टीको ६१ हजार ८०९ मत र नेपाल मजदुर किसान पार्टीले ५६ हजार २३८ मत पाएको छ ।