अपडेटः मतान्तर फराकिलो बनाउँदै दिपक सिंह

तु खबर संवाददाता
२०७९ मंसिर ८, बिहीबार १२:४६

हेटौंडा । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका दिपकबहादुर सिंहले अग्रता फराकिलो बनाउँदै गएका छन् ।

वडा नम्वर १२ को मतगणनापश्चात उनले ७३५ मतान्तरले लोकतान्त्रिक बाम गठबन्धनकी महालक्ष्मी उपाध्याय डिनालाई पछि पारेका छन् ।

सिंहले २५ हजार ६५ मत पाउँदा डिनाले २४ हजार ३३० मत पाइन् ।

त्यस्तै नेकपा एमालेको सूर्य चिन्ह लिएर उठेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २३ हजार ७१४ मत पाइन् ।