मकवानपुर १ (क) मा प्रेमबहादुर पुलामी निर्वाचित

तु खबर संवाददाता
२०७९ मंसिर ८, बिहीबार ०८:२३
file-photo

मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर १ (क) मा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका प्रेमबहादुर पुलामी छिन्तु निर्वाचित भएका छन् ।

पुलामी ४ हजार २८७ मत अन्तरका साथ निर्वाचित भएका हुन् ।

उनले १९ हजार ७ सय १९ मत पाउँदा प्रतिस्पर्धी नेकपा एमालेका कमल विष्टले १५ हजार ३३२ मत प्राप्त गरेका छन् ।