मकवानपुर १ मा रोचक प्रतिस्पर्धाः कसले कति मत पाए ?

तु खबर संवाददाता
२०७९ मंसिर ८, बिहीबार ०७:४७

हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–१ मा लोकतान्त्रिक बाम गठबन्धनकी महालक्ष्मी उपाध्याय डिनाले अग्रता कायमै राखेकी छिन् ।

६८ हजार १७६ मत गणना गर्दा डिनाले २० हजार ९७० मत पाएकी छिन् ।

त्यस्तै नेकपा एमालेको सूर्य चिन्ह लिएर उठेका राप्रपा नेपालका कमल थापाले १९ हजार ९१८ मत पाएका छन् । राप्रपाका दिपक बहादुर सिंहले भने १८ हजार ६४१ मत ल्याएका छन् ।