जसपाले खोल्यो खाता, पर्सा १ बाट यादव विजयी

तु खबर संवाददाता
२०७९ मंसिर ७, बुधबार १७:०६

पर्सा । जनता समाजवादी पार्टी (जसपा) बाट पर्सा क्षेत्र नम्वर १ का प्रदीप यादवले खाता खोलेका छन् । नेपाली कांग्रेसका बागी उम्मेदवार अजयकुमार द्धिवेदीलाई पराजित गर्दै यादव निर्वाचित भएका हुन् ।

यादवले २२ हजार ५३७ मत प्राप्त गर्दा उनका प्रतिस्प्रधी द्धिवेदीले २० हजार ९१७ मत प्राप्त गरेका छन् । यादव र द्धिवेदीबीच १ हजार ६२० मत अन्तर छ । तेस्रो स्थानमा राप्रपाका किरणमान डंगोलले २ हजार ६ सय ५१ मत प्राप्त गरेका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार लोकतान्त्रिक समाजवादी लोसपाका नेता लक्ष्मणलाल कर्णले १ हजार १ सय १७ मत मात्रै पाएका छन् ।