मकवानपुर २ मा ५०७०५ गणना गर्दा १४३६ मतले बर्तौला अगाडि

तु खबर संवाददाता
२०७९ मंसिर ७, बुधबार १५:२८

हेटौंडा । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर–२ मा नेकपा एमालेका उम्मेदवार महेश बर्तौलाले अग्रता कायमै राखेका छन् ।

एमालेका बर्तौला लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार बिरोध खतिवडाभन्दा १ हजार ४३६ मतले अघि छन् ।

हालसम्म ५० हजार ७०५ मत गणना हुँदा बर्तौलाले २० हजार ३८ मत प्राप्त गरेका छन् । त्यस्तै गठबन्धनका खतिवडाले १८ हजार ६०८ मत प्राप्त गरे ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ६ हजार ८६४ मत पाएका छन् । यस क्षेत्रमा जम्मा ८६ हजार ६५२ मत खसेको छ ।