सप्तरीमा सीके राउतको जित निश्चित
सप्तरी । सप्तरी क्षेत्र नं. २ मा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतको जित निश्चित भएको छ । गन्न बाँकी मतभन्दा बढी उनको मतान्तर भएकाले उनको जित निश्चित भएको हो ।
सप्तरी क्षेत्र नं. १ मा जनमत पार्टीका राउत र एमालेको समर्थनमा जसपा अध्यक्ष उपेन्द्र यादव प्रतिस्पर्धामा थिए । राउत यादवभन्दा दोब्बर बढी मतले अगाडि छन् ।
मतगणना जारी रहँदा राउतले ३१ हजार ९६३ मत प्राप्त गरेका छन् भने उपेन्द्रले १५ हजार ५८६ मत प्राप्त गरेका छन् । यो समाचार तयार पार्दासम्म यादव १६ हजार ३७७ मत अन्तरले पछि परेका छन् । लोसपाका जयप्रकाश ठाकुरको मत ६ हजार ३६२ छ । अब गन्न बाँकी मत करिब ६ हजार छ ।
