३४८६१ मत गणना गर्दा इन्द्र बानियाँ १२८७ मतले अगाडि

तु खबर संवाददाता
२०७९ मंसिर ७, बुधबार १३:३९
file_photo

हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ को प्रदेशसभा (ख) मा हालसम्म ३४ हजार ८६१ मत गणना भएको छ ।

जसमा लोकतान्त्रिक बाम गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँले १६ हजार ६० मत पाएका छन् ।

त्यस्तै नेकपा एमालेका लालबहादुर थापाले १४ हजार ७७३ मत पाएका छन् ।

थापालाई बानियाँले १ हजार २८७ मतले पछि पारेका छन् ।

सो क्षेत्रमा कूल ४० हजार ५९९ मत खसेको थियो । अब झण्डै ६ हजार मत गणना गर्न बाँकी छ ।