गोरखा २ (क) मा नेपाल समाजवादीका देवकोटा विजयी
गोरखा । गण्डकी प्रदेश सभामा नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा विजयी भएका छन् । देवकोटाले एमालेका राजु रानालाई पराजित गर्दै गोरखा क्षेत्र नम्वर २ को प्रदेश सभा (क) मा विजयी हासिल गरेका हुन् ।
माओवादीको हँसिया हथौडा चुनाव चिन्ह लिएर चुनाव लडेका देवकोटाले १० हजार २ सय ४७ मत प्राप्त गर्दा एमालेका रानाले ४ हजार २ सय ४ मत प्राप्त गरेका छन् ।
