रवि लामिछाने दोब्बरभन्दा बढी मतले अगाडि

तु खबर संवाददाता
२०७९ मंसिर ७, बुधबार १०:००
file-photo

चितवन । प्रतिनिधिसभा अन्तर्गत चितवन क्षेत्र नम्वर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने दोब्बरभन्दा बढी मतले अगाडि छन् ।
मतगणनाको पछिल्लो परिणाम अनुसार लामिछानेले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्णभक्त पोखरेल ७ हजार ८७० मतसहित अगाडि रहेका छन् ।

लामिछानेले १४ हजार ८११ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी पोखरेलले ६ हजार ९४१ मत पाएका छन् । यस्तै, नेपाली कांग्रेसका उमेश श्रेष्ठले ६ हजार ६०८ मत पाएका छन् ।