पर्सा १ (क) मा माओवादी केन्द्रका अन्सारी विजयी
पर्सा । पर्सा निर्वाचन क्षेत्र नं. १ (क) प्रदेश सभा सदस्य तर्फ माओवादी केन्द्रका उम्मेदवार रहबर अन्सारी विजयी भएका छन् । अन्सारीले ७ हजार ८१७ मतसहित विजयी भएका हुन् ।
सत्ता गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्यका उम्मेदवार रहेका अन्सारीले एमाले उम्मेदवार विचारीप्रसाद यादवलाई २ हजार २९८ मतले पछि पार्दै विजयी भएका हुन् । यादवले ५ हजार २८६ मत प्राप्त गरेका थिए । सो निर्वाचन क्षेत्रमा २८ हजार २७३ मत खसेको थियो ।
