मकवानपुर क्षेत्र नम्वर २ मा ३९४४१ गणना गर्दा महेश बर्तौला अगाडि, कसको कति मत ?

तु खबर संवाददाता
२०७९ मंसिर ७, बुधबार ०७:५५

हेटौंडा । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर–२ मा नेकपा एमालेका उम्मेदवार महेश बर्तौलाले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।

बर्तौलाले बुधबार बिहानसम्म लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार बिरोध खतिवडाभन्दा २ हजार २४५ मतले अघि बढाएका छन् ।

हालसम्म ३९ हजार ४११ मत गणना हुँदा बर्तौलाले १५ हजार ९०२ मत प्राप्त गर्दा गठबन्धनका खतिवडाले १३ हजार ६ सय ५७ मत प्राप्त गरे ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ५ हजार ७७९ मत पाएका छन् भने १ हजार ८७९ मत बदर भएको छ ।