मकवानपुर क्षेत्र नम्वर १ मा ३१९४६ गणना गर्दाः डिनाको अग्रता कायमै
हेटौँडा । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर १ मा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी उमेदवार महालक्ष्मी उपाध्याय डिनाले अग्रता कायमै राखेकी छिन् ।
डिनाले ११ हजार ९३५ मत पाएकी छिन् । उनलाई नेकपा एमालेको तर्फबाट उमेदवार बनेका कमल थापाले पछ्याइरहेका छन् । थापाले ९ हजार ४७१ मत पाएका छन् ।
त्यस्तै राप्रपाका दिपकबहादुर सिंह तेश्रो स्थानमा रहेका छन् । उनले ६ हजार ७२० मत पाएका छन् । हालसम्म मकवानपुर क्षेत्र नम्वर १ मा ३१ हजार ९४६ मत गणना भएको छ ।
