मकवानपुर २ (क) मा रोचक प्रतिस्पर्धाः कुमारी मोक्तान १ मतले पछाडी

तु खबर संवाददाता
२०७९ मंसिर ६, मंगलवार १७:०१

हेटौंडा । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर २ को प्रदेशसभा (क) मा लोकतान्त्रिक गठबन्धनकी कुमारी मोक्तान १ मतले पछि परेकी छिन् ।

हालसम्म १७ हजार ०४८ मतगणना भएको छ । जसमा मोक्तानले ७ हजार ४५५ मत पाएकी छिन् । त्यस्तै नेकपा एमालेका विष्णुप्रसाद ढकालले ७ हजार ४५६ मत पाएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका रामबहादुर घलेले १ हजार १३४ मत पाउँदा ५७४ मत भने बदर भएको छ ।