माओवादीका वर्षमानको दोब्बर मतको अग्रता

तु खबर संवाददाता
२०७९ मंसिर ६, मंगलवार १६:०५
file-photo

रोल्पा । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन रोल्पाबाट दोब्बर मतले अग्रता लिएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार पुनले कुल मत १० हजार ९७३ मतगणना हुँदा ६ हजार ७६८ मतसहित अग्रता लिएका हुन् ।

एमालेका पूर्णबहादुर बुढामगरले २ हजार ६०१ मत, राप्रपाका लिला राउतले ४६६ मत पाएका छन् । यस्तै, प्रदेशसभा १ मा सत्ता गठबन्धनका उम्मेदवार माओवादी नेता जोखबहादुर महराले ५ हजार ८९० मत, एमालेका कमलबहादुर बुढाथोकीले २ हजार २०४ मत र राप्रपाका पदमबहादुर थापाले ६८२ मत प्राप्त गरेका छन् ।

यस्तै, प्रदेश सभा २ बाट सत्ता गठबन्धनबाट कांग्रेसका अमरसिंह पुनले २ हजार ८८१ मत एमालेका प्रेमबहादुर घर्तीले १ हजार ९६८ मत पाएका छन् ।माओवादी रोल्पा जिल्ला इन्चार्जबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका दीपेन्द्र पुनले ३ हजार ४९७ मत ल्याएका छन् । सत्ता गठबन्धनका उम्मेदवार अमरसिंह एमालेका प्रेमबहादुर भन्दा बढी दीपेन्द्रले प्राप्त गरेका छन् ।