काठमाडौं–९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी
काठमाडौं । काठमाडौं क्षेत्र नम्वर– ९ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् ।
श्रेष्ठ ११ हजार ९५६ मतसहित प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका हुन् । श्रेष्ठका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ र सत्ता गठबन्धनकी उम्मेदवार कल्पना धमलाले ६ हजार ४०२ मत प्राप्त गरिन् ।
उनले चुनाव जितेसँगै पत्रकारहरुसँग कुरा गर्दै आफुले यो निर्वाचन जितेको भन्दापनि देशले जितेको हो भन्दै भारतबाट अतिक्रमित भूभाग फर्काउन पहल गर्ने बताए ।
