७०५७ मतका साथ प्रचण्डको अग्रता कायमै

तु खबर संवाददाता
२०७९ मंसिर ६, मंगलवार १४:१९
फाइल तस्बिर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गोरखा क्षेत्र नम्वर २ मा अग्रता कायमै राखेका छन् । १२ हजार २१७ मतगणना सम्पन्न हुँदा प्रचण्डले ७ हजार ५७ मतसहित अग्रता कायम राखेका हुन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले १ हजार ९२९ मत प्राप्त गर्दा एमालेका अब्दुस सलाम मियाँले १ हजार ६७६ मत पाप्त गरेका छन् । यस्तै, मङ्गोल नेसनल अर्गनाइजेसनका सोमबहादुर गुरुङले ३९२ मत र राप्रपाका सुशील पन्तले २३१ मत पाएका छन् ।