मकवानपुरमा डिना २१४८ मतले अगाडि
हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–१ मा सत्ता गठबन्धनकी साझा उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले अग्रता कायमै राखेकी छिन् ।
हालसम्म १५ हजार १४९ मत गणना भएको छ । जसमा महालक्ष्मी उपाध्याय डिनाले ६ हजार ९५२ मत पाएकी छिन् ।
त्यस्तै नेकपा एमालेको सूर्य चिन्ह लिएर उठेका कमल थापाले ४ हजार ८०४ मत पाएका छन् ।
डिनाले थापालाई २ हजार १४८ मतले पछि पारेकी छिन् ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका दिपकबहादुर सिंहले १ हजार ८०९ मत पाएका छन् । मतगणना जारी रहेको छ ।
