१४४७१ गणना गर्दा प्रेमबहादुर पुलामी १६७२ मतले अगाडि

तु खबर संवाददाता
२०७९ मंसिर ६, मंगलवार १३:३५

हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–१ को(क) १४ हजार ४७१ मत गणना भएको छ । जसमा लोकतान्त्रिक बाम गठबन्धनका प्रेमबहादुर पुलामीले सबैभन्दा बढी मत पाएका छन् ।

पुलामीले ६ हजार १९० मत ल्याउँदा नेकपा एमालेका कमलबहादुर विष्टले ४ हजार ५१८ मत पाएका छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सागर थापाले २ हजार ७ सय ४१ मत पाएका छन् । ५७१ मत भने बदर भएको छ । मतगणना भने जारी रहेको छ ।