सप्तरीबाट मधेश प्रदेश सभामा जनमत पार्टीका यादव निर्वाचित

तु खबर संवाददाता
२०७९ मंसिर ६, मंगलवार १२:३६

सप्तरी । मधेश प्रदेश सभामा जनमत पार्टीले खाता खोलेको छ । सप्तरी–२ (२) मा जनमत पार्टीका महेश यादव निर्वाचित भएका छन् । उनी १३ हजार ३२५ मतसहित प्रदेश सांसदमा निर्वाचित भएका हुन् ।

उनले सत्ता गठबन्धनको समर्थन पाएका माओवादी केन्द्रका उम्मेदवार उमेश यादवलाई पराजित गरेका हुन् । उमेशले ७ हजार २३ मत मात्र प्राप्त गरेका छन् ।