काठमाडौं–१ मा कांग्रेसका प्रकाशमान सिंह विजयी
काठमाडौं । कांग्रेस उम्मेदवार प्रकाशमान सिंहले काठमाडौं–१ बाट जित हासिल गरेका छन् । राप्रपाका नवप्रवेशी नेता रवीन्द्र मिश्रसँग मतगणनामा सुरुवातदेखि एक/डेढ सय मतले अघिपछि भइरहेका सिंहले अन्ततः १२५ मतान्तरले जित हासिल गरेका हुन् ।
सिंहले ७ हजार १४३ मत प्राप्त गर्दा मिश्रले ७ हजार १८ मत प्राप्त गरेका छन् । योसँगै , सिंह चौथोपल्ट सांसद पद जितेका हुन् ।
