१२६४९ गणना गर्दाः डिनाको अग्रता कायमै, दिपक सिंह तेस्रो स्थानमा
हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर १ को ताजा मतपरिणाम सार्वजनिक भएको छ । हालसम्मम १२ हजार ६४९ मत गणना भएको छ ।
सूर्य चिन्ह लिएर उठेका राप्रपा नेपालका कमल थापाको ४ हजार १७४, लोकतान्त्रिक बाम गठबन्धनकी महालक्ष्मी उपाध्याय डिनाको ६ हजार ५८ र राप्रपाका दिपकबहादुर सिंहको १ हजार १६९ मत आएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका टाकाराज थापाले २१२ मत ल्याएका छन् भने ५४० मत बदर भएको छ । मतगणना जारी छ ।
हेर्नुहोस् कसले कति मत पाए ?

