डडेल्धुरामा देउवालाई पछ्याउँदै सागर ढकाल

तु खबर संवाददाता
२०७९ मंसिर ६, मंगलवार ०९:३३
file-photo

काठमाडौं । डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापतिले सुरुदेखि नै आफ्नो अग्रता कायमै राखेका छन् ।

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा पछिल्लो मत परिणााम अनुसार, नेपाली कांग्रेसका उम्मेदवार देउवा ६ हजार ३९९ मतका साथ अग्रता कायमै राखेका छन् ।

उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले ३ हजार २७५ मतका साथ पछ्याइरहेका छन् । नेपाली कांग्रेस वीपीका उम्मेदवार कर्णबहादुर मल्ल १ हजार ८२५ मतका साथ तेस्रो स्थानमा छन् ।