जुम्लामा ज्ञानेन्द्र शाही दोब्बर मतले अघि

तु खबर संवाददाता
२०७९ मंसिर ६, मंगलवार ०८:१५
file-photo

जुम्ला । जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले दोब्बर भन्दा बढीको अग्रता बनाएका छन् । कुल ६ हजार ९२७ मत गणना हुँदा शाहीले ४ हजार ९१ मतसहित अग्रता बनाएक हुन् ।

यस्तै, माओवादी केन्द्रकी गोमा गौतम (कुवँर) ले १ हजार ४४९ मत, एमालेका रतननाथ योगीले ७९८ मत र नेमकिपाका डिल्ली काफलेले १५० मत पाएका छन् ।