चितवन–२ : तेस्रोबाट दोस्रो स्थानमा उक्लिए रवि लामिछाने

तु खबर संवाददाता
२०७९ मंसिर ६, मंगलवार ०७:५७
file-photo

चितवन । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दोस्रो स्थानमा पुगेका छन् । ७ हजार ७४५ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछाने २ हजार ३८४ मतसहित तेस्रो स्थानबाट दोस्रो स्थानमा उक्लिएका हुन् ।

यस्तै, नेकपा एमालेका कृष्णभक्त पोखरेलले २ हजार ६०३ मत प्राप्त गरी पहिलो स्थानमा र नेपाली कांग्रेसका उमेश श्रेष्ठले २ हजार २६३ मतसहित तेस्रो स्थाना पुगेका छन् । ग्रामीण क्षेत्रमा पर्ने इच्छाकामना गाउँपालिकाबाट मतगणना सुरु हुँदा रवि तेस्रो स्थानमा थिए । शहरी क्षेत्रको मत गणना हुन थालेपछि रविले मत बढाउँदै लगेका छन् ।