प्रतिनिधिसभा क्षेत्र नम्वर १ को ११०५४ मतगणना हुँदा थापा भन्दा डिना १५२४ मतले अगाडि
मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर १ को हालसम्म ११ हजार ५४ मतगणना भएको छ ।
जसमा गठबन्धनबाट प्रतिनिधि सभा सदस्य पदकी उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले ५ हजार २१७ मत पाएकी छिन् । त्यस्तै सूर्य चिन्ह लिएर उठेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले ३ हजार ६९३ मत पाएका छन् ।
थापा भन्दा डिना १ हजार ५२४ मतले अगाडि छिन् ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका दिपक बहादुर सिंहले १ हजार १० मत पाएका छन् । मतगणना जारी छ ।
अन्य मतपरिणाम यस प्रकार छ ।
छाता( २०
मादल २
साइकल २२
लौरो ३६
कम्प्यूटर १
हसिया र तारा २३१
कुखुराको भाले २०
करुवा २
आमा १८
क्रस खुकुरी ९१
गोलाकार भित्रको घण्टी १८९
बदर मत ४७०
