समानुपातिक तर्फको मतगणना रोकियो
हेटौंडा । सिद्धार्थ माविमा जारी समानुपातिक तर्फको मतगणना कार्य रोकिएको छ । मतगणना प्रतिनिधिको अभावमा मतगणना कार्य रोकिएको निर्वाचित अधिकृतको कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
राजनीतिक दलको प्रतिनिधि समयमा गणनास्थलमा उपस्थित नभएपछि मतगणना कार्य रोकिएको हो । छिट्टै मतगणनामा उपस्थित भइदिन हुन अनुरोध छ भन्दै निर्वाचन अधिकृतको कार्यालयले माइकिङ गरिरहेको छ ।
