प्रतिनिधि सभा क्षेत्र नं. १ (ख) मा २९३६ मत गन्दा एमालेका श्रेष्ठ अगाडि

तु खबर संवाददाता
२०७९ मंसिर ५, सोमबार १९:१३

मकवानपुर । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नं. १ (ख) को मतगणना हाल जारी छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ स्थित सिद्धार्थ माविमा भएको मतगणनाका अनुसार, निर्वाचन क्षेत्र नं. १ (ख) को हालसम्म २ हजार ९३६ मत गणना भएको छ ।

उक्त मत गणनाको परिणाम अनुसार, नेकपा एमालेका उम्मेदवार एकलाल श्रेष्ठले अग्रता लिएका छन् । श्रेष्ठले आफ्ना प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार आनन्दराम पराजुलीलाई ३२८ मतले पछि पार्दै अग्रता लिएका हुन् ।

श्रेष्ठले १ हजार ९३ मत प्राप्त गर्दा पराजुलीले ७६५ मत प्राप्त गरेका छन् । यस्तै, राप्रपाका उम्मेदवार गुञ्जनबहादुर न्यौपानले ७६३ मत प्राप्त गरेका छन् ।