आम निर्वाचन : रामेछापमा साँझ ५ बजेपछि मात्रै मतगणना हुने
रामेछाप । आइतबार सम्पन्न भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको मतगणना सोमबार साझँदेखि गर्ने तयारी भएको छ । जिल्ला निर्वाचन कार्यालय रामेछापका प्रमुख मधुकर शाहका अनुसार, अहिले सर्बदलीय बैठक बस्ने तयारी भइरहेको छ ।
बैठक सकिएपछि साँझ ५ बजेबाट मतगणना सुरु गर्ने तयारी गरिएको रामेछापका निर्वाचन प्रमुख मधुकरले जानकारी दिए । निर्वाचनमा खटिएका सबै कर्मचारीहरु केही दिनदेखि सुत्न नपाएको कारण उनीहरु थकित रहेको र केही समय आराम गराएर मतगणना सुरु गर्न लागिएको उनको भनाई छ ।
१ लाख ८० हजार मतदाता रहेको जिल्लामा ८८ हजार ४ सय ९७ मत मात्रै खसेको थियो ।
