१३३५ मतगणना गर्दा दिपक सिंहलाई ५० मत

तु खबर संवाददाता
२०७९ मंसिर ५, सोमबार १५:११
file-photo

हेटौंडा । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर–१ को हालसम्म १ हजार ३३५ मत गणना गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उम्मेदवार दिपकबहादुर सिंहले ५० मत पाएका छन् ।

राप्रपाको हलो चिन्हमा ५० मत खसेको हो । अहिले बागमती गाउँपालिका वडा नम्वर–४ को झुरझुरेको मत गणना भइरहेको छ ।

यस पटकको निर्वाचनमा छुट्टाछुट्टै चिन्हमा प्राप्त भएको मतलाई छुट्टाछुट्टै स्थानमा राखेर पालैपालो गणना भइरहेको छ ।

१ हजार ३३५ मत गणना गर्दा नेकपा एमालेको चुनाव चिन्ह सूर्यबाट उठेका कमल थापाले ३५० मत पाएका छन् भने गठबन्धनकी महालक्ष्यी उपाध्याय डिनालाई ७८६ मत प्राप्त भएको छ । थप विवरण आउन बाँकी छ ।