१३३५ मतगणना गर्दा डिनाले पाइन् ७८६ मत

तु खबर संवाददाता
२०७९ मंसिर ५, सोमबार १५:०२
file-photo

हेटौंडा । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर–१ को हालसम्म १ हजार ३३५ मत गणना गर्दा लोकतान्त्रिक बाम गठबन्धनकी उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले ७८६ मत पाएकी छिन् ।

नेपाली कांग्रेसको रुच चिन्हमा ७८६ मत खसेको हो । अहिले बागमती गाउँपालिका वडा नम्वर–४ को झुरझुरेको मत गणना भइरहेको छ ।

यस पटकको निर्वाचनमा छुट्टाछुट्टै चिन्हमा प्राप्त भएको मतलाई छुट्टाछुट्टै स्थानमा राखेर पालैपालो गणना भइरहेको छ ।

१ हजार ३३५ मत गणना गर्दा नेकपा एमालेको चुनाव चिन्ह सूर्यबाट उठेका कमल थापाले ३५० मत पाएका हुन् । अन्य उम्मेदवारहरुको विवरण आउन बाँकी छ ।