भक्तपुर – १ मा राप्रपाको सुरुवाती अग्रता

तु खबर संवाददाता
२०७९ मंसिर ५, सोमबार १३:१५

भक्तपुर । भक्तपुर क्षेत्र नम्वर १ मा राप्रपाले सुरुवाती अग्रता लिएको छ । नेमकिपाको गढ मानिने चाँगुनारायण नगरपालिका वडा नम्वर १ स्थित बुथको मतगणना हुँदा राप्रपाले अग्रता लिएको हो ।

हालसम्म १ हजार ३११ मत गणना हुँदा राप्रपाका भरत बहादुर खड्काले ३५९ मत प्राप्त गरेका छन् भने एमालेका नवराज गेलालले ३५६ मत प्राप्त गरेका छन् । यसैगरी, नेमकिपाका प्रेम सुवालले २९२ मत र माओवादी केन्द्रका सुनिल गोठेले २०२ मत प्राप्त गरेका छन् ।