मकवानपुरमा ५९.३ प्रतिशत मात्रै मत खस्यो
मकवानपुर । मकवानपुरमा कूल मतदाता संख्याको ५९.३ प्रतिशत मात्रै मत खसेको छ ।
जिल्लाको ३६४ वटै मतदान केन्द्रमा गरी कूल ५९.३ प्रतिशत मात्रै मतदाता मतदान प्रक्रियामा सहभागी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ ।
मकवानपुरमा प्रतिनिधि सभाको दुई र प्रदेश सभाको ४ निर्वाचन क्षेत्र रहेको छ । कूल मतदाता संख्या ३ लाख ७३३ रहेको छ । जसमध्ये पुरुष ९२ हजार ८७७, महिला ८५४०० र अन्य ५ गरी कूल १ लाख ७८ हजार २८२ जनाले मात्रै मतदान गरेका हुन् ।
सबै मतदान केन्द्रबाट मतपेटिका ल्याउने तयारी भइरहेको र भोलि विहान १० बजेबाट हेटौंडा २ स्थित सिद्धार्थ स्कुलमा मतगणना गरिने मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए ।
