मकवानपुरको सबै मतदान केन्द्रमा सुरक्षा व्यवस्थापन मिलाइयो
मकवानपुर । यही मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि मकवानपुर जिल्लाको सबै मतदान केन्द्रहरुमा सुरक्षा व्यवस्थापन मिलाइएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
शुक्रबार जिल्ला सुरक्षा समितिको अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको अध्यक्षतामा बसेको बैठकमा राष्ट्रिय अनुसन्धान, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका अधिकारीहरुले निर्वाचनलाई स्वच्छ, निश्पक्ष र भयरहित तवरले सम्पन्न गर्न जिल्लाको ३६४ वटै मतदान केन्द्रहरुमा सुरक्षा व्यवस्थापन मिलाइएको जानकारी गराएका हुन् ।
जिल्लाका वटा २० अति संवेदनशील र संवेदनशील मतदान केन्द्र रहेका छन् । प्रत्यक मतदान केन्द्रमा नेपाल प्रहरी र म्यादी प्रहरीले तथा बाहिरी घेरामा नेपाली सेना खटिने मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी हरिदत्त कंडेलले जानकारी दिए ।
मकवानपुरमा क्षेत्र नम्वर १ र २ गरी ३ लाख ७७८ जना मतदाता रहेका छन् ।
