मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने सरकारको निर्णय

तु खबर संवाददाता
२०७९ कार्तिक २९, मंगलवार १५:३६

काठमाडौं । सरकारले आगामी मंसिर ४ र ५ गते देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ । मंगलबार बिहान गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर दुई दिन सार्वजनिक विदा दिने निर्णय सार्वजनिक गरेको हो ।

विद्यालयलाई भने दुई गतेदेखि नै विदा दिइने सूचनामा उक्त विज्ञप्तिमा उल्लेख छ । गृह मन्त्रालयलका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा २ मंसिरदेखि ५ मंसिरसम्म विद्यालय विदा दिने निर्णय भएको उल्लेख छ ।

निर्वाचन आयोगले केही दिनअघि तीन दिन बिदा दिन मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार सरकारले निर्णय गरेको हो । गत स्थानीय तहमा मतदानको दिन मात्रै बिदा दिइएको थियो । तर, यसपटक भने सरकारी कार्यालयलाई दुई दिन बिदा दिइएको छ ।