आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहेको छ ।
यस्तै, आज दिउँसो प्रदेश नं. १, बागमती तथा गण्डकी प्रदेशको पहाडी भू–भागको एक/दुई स्थानहरूमा हल्का वर्षा र हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ भने राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका हिमाली भू–भागका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
