स्कुल बसको ठक्करबाट बालकको मृत्यु
जुम्ला । जुम्लामा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । जिल्लाको चन्दननाथ नगरपालिका वडा नम्वर ९ उमगाडमा निजी स्कुलको बसले ठक्कर दिँदा पैदल हिँडिरहेको बालकको मृत्यु भएके प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा अन्दाजी ११ वर्षका राजेश गिरी रहेका छन् । उनलाई तातोपानीबाट सदरमुकाम तर्फ आउँदै गरेको भे १ क ३८२ नम्वरको कनिका निशा बोर्डिङ स्कुल बसले ठक्कर दिएको थियो ।
बसको ठक्करबाट घाइते भएका उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बालकको मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
