कांग्रेसको प्रवास मिडिया समन्वय तथा प्रचार उपसमितिमा ६१ सदस्य थप

तु खबर संवाददाता
२०७९ कार्तिक २०, आईतवार ०८:५५

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ का लागि गठन गरिएको प्रवास मिडिया समन्वय तथा प्रचार–प्रसार उपसमितिमा ६१ सदस्य थप गरिएको छ ।

कांग्रेस केन्द्रीय सदस्य उर्मिला थपलियाको संयोजकत्वमा रहेको कांग्रेस प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन प्रवास मिडिया समन्वय तथा प्रचार–प्रसार उपसमिति आज ६१ सदस्य थप गरिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

उपसमितिमा थप भएका सदस्यले आगामी मङ्सिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा विदेशमा बसेर नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा जनमत सिर्जना मिडियामार्फत भूमिका खेल्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसले यसअघि निर्वाचनमा पार्टीबाट उम्मेदवार भएका प्रतिनिधिको प्रचार–प्रसारलाई व्यवस्थित बनाउन पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतको संयोजकत्वमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ केन्द्रीय प्रचार–प्रसार समिति गठन गरेको थियो ।