जसपाको चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

तु खबर संवाददाता
२०७९ कार्तिक १९, शनिबार १५:५६

काठमाडौं । जनता समाजवादी पार्टीले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । जसपाले राष्ट्रपति र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने योजनासहितको घोषणापत्र सार्वजनिक गरेको हो ।

उक्त घोषणापत्र आज दिउँसो नयाँ बानेश्वरस्थित होटल एभरेस्टमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । पार्टीका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरुले सार्वजनिक गरेको घोषणापत्रमा जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने शासकीय स्वरुपको कल्पना गरिएको छ ।

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपालगायतका अन्य दलले यसअघि नै घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

हेर्नुहोस् भिडियो ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab